२९ जेठ २०८३, शुक्रबार

मुलुकको अर्थतन्त्र भयावह अवस्थामा

फागुन २८, २०७८
मुलुकको अर्थतन्त्र भयावह अवस्थामा

विप्रेषण घट्दै जाँदा, निर्यातभन्दा आयात बढी हुँदा, वैदेशिक लगानी नआउँदा र वैदेशिक सहयोग नआउँदा मुलुकको सोधनान्तर घाटा सात महिनामा २ खर्ब ४७ अर्ब घाटामा पुगेको छ ।

मुलुकमा पर्यटक आगमन कमीलगायतका कारणले विदेशी मुद्रा भित्रिनेभन्दा पनि मुद्रा बाहिरिने क्रम बढ्दा सोधनान्तर स्थिति घाटामा पर्न जान्छ ।

गत वर्षको सात महिनामा सोधनान्तर बचतमा थियो भने यसपालि घाटामा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को यसै अवधिमा सोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँ बचतमा रहेको थियो।

केन्द्रीय बैकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार सरकारको चालू खाता ४ खर्ब १३ अर्ब ८६ करोडले घाटामा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ४ अर्ब ३९ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड २१ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले घाटामा रहेको छ।

सात महिनामा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.९७ प्रतिशत रहेको भने आयात ४२.८ प्रतिशतले र निर्यात ८८.३ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४९ प्रतिशत र अमेरिकी डलरमा ५.८ प्रतिशतले घटेको छ। राजधानी दैनिकमा पूर्णभक्त दुवालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्