२५ असार २०८३, बिहीबार

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा पेस गर्ने तयारी

फागुन २८, २०७८
प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा पेस गर्ने तयारी

सङ्घीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अघि बढाउने तयारी थालेको छ ।

प्रतिनिधि सभा सचिवालयले आइतबारको बैठकमा महाभियोग प्रक्रिया अघि  बढाउने  गरी  सम्भावित  कार्यसूची  सार्वजनिक  गरेको छ ।

औपचारिक रूपमा कार्यसूची भने आइतबार बस्ने कार्यव्यवस्था  परामर्श  समितिले  टुङ्गो  लगाउने  छ  ।  

प्रतिनिधि सभाको गत आइतबारको बैठकले महाभियोग प्रक्रिया  अघि  बढाउन  सिफारिस  समिति  भने  गठन  गरेको थियो ।

प्रतिनिधि सभामा प्रस्तावको सूचना दर्ता भएको करिब एक महिनापछि संसद्मा पेस गर्ने तयारी गरिएको हो ।  फागुन  १  गते  प्रधानन्यायाधीश  जबराविरुद्ध  सत्ता  गठबन्धनका ९८ सांसदको हस्ताक्षरसहितको प्रस्तावको सूचना दर्ता भएको थियो ।

एक सातापछि प्रस्ताव अघि बढाउन  सकिने  भए  पनि  छलफलको  प्रक्रिया  अघि  बढाइएको छैन ।

अब  प्रस्तावक  सदस्यले  वक्तव्यसहित  प्रस्तावलाई  प्रतिनिधि  सभामा  पेस  गर्नेछन्  ।  प्रस्ताव  पेस  गरेपछि  सभामुखले  छलफलको  मिति  र  समय  तोक्न  सक्ने  व्यवस्था  नियमावलीमा  छ  ।

छलफलपछि  उक्त  प्रस्ताव  महाभियोग  सिफारिस  समितिमा  जानेछ  ।  महाभियोग  सिफारिस  समितिले  उक्त  प्रस्तावअनुसार  महाभियोगको  प्रक्रिया अघि बढ्न सक्ने वा नसक्नेबारे अनुसन्धान गरेर प्रतिवेदन दिनेछ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्