२२ जेठ २०८३, शुक्रबार

रणवीर कपुरले गर्लफ्रेण्ड भेटेपछि कटरिनालाई जलन

कात्तिक २०, २०७४
रणवीर कपुरले गर्लफ्रेण्ड भेटेपछि कटरिनालाई जलन
बलिउड अभिनेता रणवीर कपूर आजभोलि आफ्नो फिल्म जग्गा जासूसको प्रमोशनमा व्यस्त छन् । तर समाचारहरुका अनुसार रणवीर आफ्नो व्यस्तताबीच कोही खास मानिसको लागि समय निकालिरहेका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार रणवीरले आफ्नो जीवनमा नयाँ साथीलाई प्रवेश गराएका छन् । डीएनएको समाचार अनुसार रणवीर सिंह मुम्बइकी एक युवतीसँग डेट गरिरहेका छन् ।

उनको नयाँ पार्टनरको फिल्म इन्डस्ट्रीसँग कुनै साइनो छैन ।

स्रोतका अनुसार उनी मुम्बइकी युवती हुन् र उनको रणवीरसँग चिनजान फिल्म जग्गा जासूसको प्रमोशनको क्रममा भएको थियो ।

रिपोर्टका अनुसार रणवीर तिनै नयाँ केटीसाथीलाई लिएर फिल्मको प्रचारमा जुटेका छन् जहाँ उनको भेट कटरिना कैफसँग भयो । तर उनीहरुबीच कुराकानी भएन । भारतीय सञ्चारमाध्यमहरुले नयाँ केटीसँग हिडेपछि कटरिना रणवीरसँग रिसाएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्