
सुक्खायाम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे भेगका बस्तीमा खानेपानीको अभाव सुरु भएको छ ।
चुरेका गाउँहरूमा रहेका कुवा,इनारजस्ता खानेपानीका स्रोतहरू सुक्दै जान थालेका छन् ।
जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरेबस्तीमा खानेपानीको अभाव सुरु भएको हो ।
पिउने पानीसँगै सरसफाइ र बस्तुभाउलाई खुवाउने पानीसमेत अभाव हुन थालेको ईश्वरपुर नगरपालिका–१२,गुइडुङका वीरबहादुर थिङले गुनासो गरे । गोरखापत्र दैनिकमा खबर छ ।