×

NMB BANK
NIC ASIA

दक्षिण कोरियाले हटायो क्वारेन्टिन बस्नुपर्ने बाध्यता, नेपाली श्रमिकलाई सहज

फागुन २८, २०७८

NTC
Premier Steels

विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो ।

Muktinath Bank

यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थियो । यो व्यवस्था आएसँगै वर्षौंदेखि कोरिया प्रवेशको पर्खाइमा रहेका विदेशी मजदुरलाई आकर्षक रोजगारीको गन्तव्य भनिएको मुलुक दक्षिण कोरिया जानलाई थप सहज हुने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण कोरियाले नेपाललगायत पाकिस्तान, थाइल्याण्ड, भियतनाम, बङ्गलादेश, श्रीलंका, म्यानमारलगायत १६ देशबाट इपिएस कामदार लैजाने गरेको छ ।


Advertisment
Nabil box
Kumari

क्वारेन्टिनका लागि बस्ने ठाउँकै अभावका कारण लामो समयदेखि नेपाललगायत अन्य देशबाट विदेशी नागरिक सहजरुपमा कोरिया उड्न पाइरहेका थिएनन् । यसका साथै कोरिया छिरे पनि क्वारेन्टिनको शुल्क महँगो हुने कारणले समेत थप समस्यामा परेको गुनासो पनि उत्तिकै आइरहेको थियो । यो व्यवस्थाले सबै समस्या हल हुने अनुमान गरिएको छ ।

Vianet communication

कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएकाले मात्रै यो सुविधा पाउने जनाइएको छ । दक्षिण कोरियाको यो निर्णयले अब कोरिया बिस्तारै विदेशी आगमनलाई खुकुलो पार्दै जाने सोचमा रहेको बुझ्न सकिन्छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण सहजरुपमा कोरिया प्रवेश गर्न नपाउँदा नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा पास गरेर उडानको प्रतिक्षामा रहेका हजारौँ श्रमिक प्रभावित भइरहेका थिए ।

कोरियाले केही समयअघिबाट बिस्तारै कामदार प्रवेश गराउन थाले पनि प्रतीक्षामा रहेका कामदार धेरै भएका कारण कोरिया प्रवेश सहज भइसकेको छैन । तर यो निर्णयले कोरिया प्रवेश छिटो हुने बुझाइ यहाँका विभिन्न संघसंस्थाको प्रतिनिधिमा  छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x