२८ जेठ २०८३, बिहीबार

हिन्दूराष्ट्र पुनःस्थापनाका लागि आन्दोलनमा उत्रने कमल थापाको उद्घोष

फागुन २८, २०७८
हिन्दूराष्ट्र पुनःस्थापनाका लागि आन्दोलनमा उत्रने कमल थापाको उद्घोष

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् । 

राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणा सभालाई सम्बोधन गर्दै थापाले सम्पूर्ण नेपालीहरूलाई एउटै सूत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दूराष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गरे । 

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले स्पष्ट पारे । 

फागुन ७ गते औपचारिक घोषणा भएको राप्रपा नेपालले तीन हप्तामा नै संगठन निर्माण र विस्तारमा कल्पनाभन्दा माथिको सफलता हासिल गरेको भन्दै थापाले राप्रपा नेपालले चाँडै राष्ट्रिय राजनीतिमा बलियो शक्तिको स्थान ओगट्ने दाबी गरे । 

कार्यक्रममा युवा नेता नगेन्द्र देउजाको अध्यक्षतामा ११३ सदस्यीय राष्ट्रिय युवा मोर्चा नेपाल घोषणा गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्