१२ साउन २०८३, मंगलबार

वर्तमान विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छः ढकाल

फागुन २८, २०७८
वर्तमान विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम् परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । 

चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “अहिले मुलुक विसम परिस्थितिमा छ । राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र कुनै एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था छैन । विषम परिस्थितिमा अर्थतन्त्रका सबै क्षेत्रहरु एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”

“कोभिड १९ को कारण तथा रुस र युक्रेनबीचको युद्धका कारण पेट्रोलियम, खाद्यान्न लगायत धेरै वस्तुको मूल्य बढेको छ र आउदा दिन अझै कठिन हुने देखिन्छ । यस्तो अवस्थामा एउटा पक्षले अर्को पक्षलाई आरोप लगाउनु भन्दा पनि सबै मिलेर यो विषम परिस्थितिलाई पार लगाउनुपर्छ,” उनले भने । 

आफूभन्दा अगाडि बोल्ने निजी क्षेत्र, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय निकायका तर्फबाट उपस्थित प्रायः सबै वक्ताहरुको एउटै आवाज पाएको र उनीहरु सबैले स्थानीय विकास र पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका औल्याउनुभएको बताउँदै ढकालले यदि स्थानीय वासिन्दा, राजनीतिक दल, निजी क्षेत्र सबैको समानबुझाई भएमा चितवनलाई राम्रो पर्यटकीय स्थलहरुको रुपमा विकास गर्न सकिने बताए । 

निजी क्षेत्रको विकासमा चितवन उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रसंशा गर्दै, उनले नयाँ कार्यसमितिले थप महत्वपूर्ण भूमिका  खेल्ने विश्वास व्यक्त गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्