२८ जेठ २०८३, बिहीबार

पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?

फागुन २९, २०७८
पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आइतबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।  पूर्वी हिमाली भूभागको एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी देशको गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्