
भौतिक दुनियाँमा वैज्ञानिकहरूले एकपछि अर्काे प्रगति गर्दै गएका छन् । यस्तैमा अमेरिकामा भित्रै स्वीमिङ पुल भएको कार बनेको छ ।
नयाँ यो कारको छतमा हेलिप्याड बनाइएको छ, जहाँ हेलिकप्टर बस्न सक्छ ।
डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार त्यो कारमा धेरै यात्रुलाई अटाउन सकिन्छ । कारको नाम ‘अमेरिकन सपनाको कार’ राखिएको छ ।
यो कार संसारको सबैभन्दा लामो कार हो । यसको लम्बाई १०० फिट छ भने २६ पांग्रा रहेका छन् ।
यो कारलाई गिनिज बूक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिएको छ । यसअघि ६० फीटसम्म रहेको यस्तो कार अब १०० फीटको भएको छ । यो कारमा एकैपल्ट ७५ जना बस्न सक्छन् ।