०३ साउन २०८३, आइतबार

जसपाको केन्द्रीय समिति बैठक आज बस्दै

फागुन २९, २०७८
जसपाको केन्द्रीय समिति बैठक आज बस्दै
फाइल तस्वीर।

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज (आइतवार)बाट शुरू हुँदैछ । 

दुई दिनसम्म चल्ने बैठक बिहान ११ बजे डिल्लीबजारमा शुरू हुने भएको हो । 

बैठकमा स्थानीय निर्वाचन, पार्टीको विधान अधिवेशनलगायत विषयमा छलफल हुनेछ । 

शनिवार जसपा संघीय परिषद्को बैठक बसेको थियो । बैठकमा परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सो राजनीतिक प्रतिवेदनबारे केन्द्रीय समिति बैठकमा पनि छलफल हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्