०३ असार २०८३, बुधबार

एमसीसी अनुमोदन गर्ने निर्णय पार्टीबाट फेल भए राजीनामा दिन्छु- प्रचण्ड

फागुन २९, २०७८
एमसीसी अनुमोदन गर्ने निर्णय पार्टीबाट फेल भए राजीनामा दिन्छु- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन हुन नसके राजीनामा दिने बताएका छन् । 

आइतवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसी अनुमोदन हुन नसके राजीनामा दिने बताएका हुन् ।

पार्टीभित्र विवादमा परेको एमसीसीबारे छलफल गर्न माओवादीले जेठ २० गतेको लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

‘एमसीसीको बारेमा हाम्रो विवाद बहस लामो समय चल्यो । सार्वभौम प्रतिनिधि सभाले पारित गरिसकेपछि एउटा सोलुसन निस्केको छ । हामीले स्थानीय तहको चुनावपछि यसबारे निर्णय गर्ने भनेका छौं,’ प्रचण्डले भने ।

पत्रकार सम्मेलनमा नेता नारायणकाजी श्रेष्ठ पनि सँगै थिए । 

salt training

कमेन्ट गर्नुहोस्