०८ साउन २०८३, शुक्रबार

युक्रेन युद्ध : निर्णायक आक्रमणको तयारीमा रुस

फागुन २९, २०७८
युक्रेन युद्ध : निर्णायक आक्रमणको तयारीमा रुस

रुस र युक्रेनबीच चलिरहेका युद्ध १८औं दिनमा प्रवेश् गरिसकेको छ । 

यस युद्धमा रुसले आफ्नो रणनीति बदलेको देखिन्छ । उसले फरक फरक ठाउँमा भीषण आक्रमण थालेको छ । 

किएभ सहित अनेकौं शहरलाई रुसले घेराबन्दी गरेर कसेको छ । 

रुसको मिसाइल पावरका सामु युक्रेन निरीह छ । त्यसैले अमेरिकाले युक्रेनलाई आधुनिक एयर डिफेन्स सिस्टम उपलब्ध गराउने योजना बनाएको छ । तर त्यसका लागि ढिलो भइसकेको बताइन्छ । 

रुसले युक्रेनको चौथो ठूलो शहर निप्रोलाई ध्वस्त पारेको छ । अनि दक्षिणी युक्रेनको माइकोलिभ क्षेत्रमा पनि लगातार विस्फोट भइरहेको छ । ओडेसाका विभिन्न ठाउँमा पनि रुसको आक्रमण जारी छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनलाई २४०० करोड रुपैयाँको अतिरिक्त सहायता दिने तयारी गरिरहेका छन् । आधुनिक हतियार किन्न र शरणार्थीहरूलाई सहायता दिन यो रकम खर्च गरिने भएको छ । 

युक्रेनमा युरोपेली मुलुक र नेटो सदस्यहरूले सेना नपठाउने भएकाले ऊ एक्लै लड्न बाध्य भएको छ । 

रुसलाई पनि यो युद्ध सोचे जति सजिलो भएको छैन । आर्थिक प्रतिबन्धका कारण रुसले अर्बौंको हानि बेहोरिरहेको बताइन्छ । 

युक्रेन रुससँग कुराकानी गर्न तयार छ तर आत्मसमर्पण नगर्ने भन्दैछ । युद्धविराम गरिए मात्र वार्ता गर्ने युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्