२१ जेठ २०८३, बिहीबार

अमेरिकाको झण्डामा सूसू गर्ने महिलामाथि रेप गर्ने धम्की

कात्तिक २०, २०७४
अमेरिकाको झण्डामा सूसू गर्ने महिलामाथि रेप गर्ने धम्की

काठमाडौं, २४ असार — अमेरिकाको झण्डामाथि सूसू गरेर त्यसको भिडियो सार्वजनिक गर्ने एक महिलाले आफ्ना् परिवारलाई नधम्क्याउन मानिसहरूलाई अनुरोध गरेकी छन् । आफ्नो परिवारले सूसू गर्न नउक्साएको उनी बताउँछिन् ।


एमिली लान्स नामक महिलाले अमेरिकाको स्वतन्त्रता दिवस मनाइरहेको अवसरमा उक्त भिडियो सार्वजनिक गरेकी थिइन् र त्यसबापत उनलाई ज्यान लिने र रेप गर्ने धम्की प्राप्त भएको थियो ।

उनले फेसबूकबाट एकाउन्ट डिएक्टिभेट गरेकी छन् तर उनका पिता र पिताको कार्यालयलाई पनि तारो बनाइएको रिपोर्टहरू आएका छन् ।

अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको बलियो कानून भएका कारण झण्डाको अपमानलाई गैरकानूनी मानिँदैन ।

भिडियोमा लान्सले ट्वाइलेटको कमोडमा अमेरिकी झण्डा बेरेर त्यसमाथि एक सामग्रीको सहायता लिई उभीउभी तुर्क्याइदिएकी छिन् ।

भिडियोमा उनले यस्तो क्याप्सन हालिन्, ‘तेरो राष्ट्रियता चकार । तेरो बेवकुफ चकार झण्डा चकार ।’

पछि उनले विरोधीहरूलाई ‘गलत मानिसमाथि आफ्नो क्रोध नबर्साउन’ अनुरोध गरिन् र आफ्नो परिवारको कसैले पनि ‘मेरा हर्कतको समर्थन नगर्ने’ बताइन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्