२९ असार २०८३, सोमबार

७ हजार ९४७ जनामा परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण

फागुन २९, २०७८
७ हजार ९४७ जनामा परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार  ९ सय ४७ पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यससँगै मुलुकभर हालसम्म पीसीआर पोजेटिभ हुनेको संख्या ९ लाख ७७ हजार ९३७ पुगेको छ भने एन्टीजेन पोजेटिभ हुनेको संख्या १ लाख ३९ हजार ९४२ पुगेको छ ।

यस दिन १ सय ९२ जना संक्रमित निको भएका छन् ।

यससँगै मुलुकभर ९ लाख ६१ हजार ७० संक्रमित उपचारपछि निको भएका छन् ।

यस्तै यस दिन संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । 

हालसम्म मुलुकभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५० पुगेको छ ।

आइतवार मुलुकभर ४ हजार ९ सय १७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घन्टामा काठमाडौं उपत्यकामा २७ जनामा संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा ३ र काठमाडौंमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्