
युक्रेनको पश्चिमी शहर लभिभ नजिक रहेको एक सैन्य अड्डामा रुसले आइतवार गरेको आक्रमणमा मर्नेको संख्या ३५ पुगेको त्यहाँका क्षेत्रीय गभर्नरले बताएका छन् ।
याभोरिभमा रहेको शान्तिसेना तालिम केन्द्रको आडमा नेटोले युक्रेनी सैनिकहरूलाई घातक हतियार चलाउने प्रशिक्षण दिने गरेका थिए । त्यसमा आक्रमण गरेर रुसले नेटोलाई युद्ध चर्किन नदिनलाई चुनौती दिएको हो ।