काठमाडौं, २२ असार– कुनैबेला समुन्द्री किनारमा बिकिनीमै रमाउदै गरेका कैटरीना कैफ र रणवीर कपूरको ब्रेकअप पछि फेरि एकपटक फोटोका कारण चर्चामा आएका छन् ।

यस फोटोमा कैटरीना र रणवीर कपडा नलाइकनै अटोरिक्सामा बसिरहेका हुन्छन् । यसभन्दा पहिला रणवीर र कैटरीना दुबैले छोटो कपडामा समुन्द्री किनारमा रमाउदै गरेको फोटो भाइरल भएको थियो ।
खासमा यो फोटो रणवीर र कैटरीना अभिनित फिल्म ‘जग्गा जासूस’को छायांकनका क्रममा लिइएको हो । फिल्ममा रणवीर र कैटरीनाको लुगामा आगो लागेको कारण कपडा नलाइकनै दुबैजना अटोरिक्सामा घुमिरहेका हुन्छन् ।
दुबैले आफ्नो फिल्मको प्रमोशनको लागि लागिपरेका छन् । ब्रेकअप पछि पनि दुबैले फिल्ममा एकसाथ मेहनत गरेका छन् ।