२२ जेठ २०८३, शुक्रबार

भारतमा गएको पहिरोमा परी तीन नेपालीको मृत्यु

कात्तिक २०, २०७४
भारतमा गएको पहिरोमा परी तीन नेपालीको मृत्यु

दार्चुला, २२ असार– भारतमा पहिरामा परी आज तीनजना नेपालीको मृत्यु भएको छ ।

भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।

मृत्यु हुनेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए । उक्त घटनामा परी तीन भारतीय नागरिकको समेत मृत्यु भएको छ ।

घाइते नेपालीको भारतको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ । भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा फर्किदै गरेका नेपाली पहिरामा परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्