१३ असार २०८३, शनिबार

भारतले गर्यो दार्जिलिङ र सिक्किम मा नाकाबन्दी

कात्तिक २०, २०७४
भारतले गर्यो  दार्जिलिङ र सिक्किम मा नाकाबन्दी
दार्जिलिङ, २३ असार – भारतको पश्चिम बंगाल राज्यको पहाडी क्षेत्र दार्जिलिङसहितको पहाडी क्षेत्रमा चलिरहेको गोर्खाल्यान्डको आन्दोलनका कारण त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ । आन्दोलनका क्रममा गोर्खा जनमुक्ति मोर्चासहितका राजनीतिक दलको संयुक्त आव्हानमा करिब तीन सातादेखि त्यस क्षेत्रमा जारी आम हड्तालका कारण जनजीवन प्रभावित बनेको हो ।gorkhaland

आम हड्तालका कारण खाद्यान्न, पेट्रोलिय पदार्थसहित दैनिक उपभोग्य वस्तुको अभाव सुरु भएको छ । आम हड्तालका क्रममा पश्चिम बंगाल सरकारले पहाडी क्षेत्रमा नाकाबन्दी समेत गरेका कारण दार्जिलिङसहित आसपासका जनता दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि करिब ३० किलोमिटर टाढा नेपालको इलाम जिल्लासम्म आउन थालेका छन् । भारतले त्यस क्षेत्रमा निर्माणलगायतका सामग्री पठाएपनि खाद्य सामग्री ढुवानीमा रोक लगाएको बताइएको छ ।

तीन साताभन्दा लामो समयदेखि जारी गोर्खाल्यान्ड आन्दोलनका क्रममा दिनहुँजसो सुरक्षाफौज र प्रदर्शनकारी गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताबीच भिडन्त हुने गरेको छ । बुधबारमात्रै कालेबुङमा प्रहरीको गोली लागेर चार जना मोर्चा कार्यकर्ता घाईते भएका थिए, राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्