०३ असार २०८३, बुधबार

तराईमा प्रहरीको शुद्धीकरण अभियान, यस्ता छन् प्रहरी हाकिमका ५ बदमासी

कात्तिक २०, २०७४
तराईमा प्रहरीको शुद्धीकरण अभियान, यस्ता छन् प्रहरी हाकिमका ५ बदमासी
तकाठमाडौँ, २३ असार- राईका जिल्लामा प्रहरीले आन्तरिक शुद्धीकरण अभियान सुरु गरेको छ । आपराधिक गिरोहसँग प्रहरीको मिलेमतोको उजुरी बढेपछि मुख्यालयले कारबाही सुरु गरेको हो, नयाँ पत्रिकामा खबर छ । पर्सा र सप्तरीका एसपीलाई जिम्मेवारीबाटै हटाएर प्रहरी मुख्यालयले छानबिन गरिरहेको छ । पर्साका गोविन्द साह र सप्तरीका अनुराग द्विवेदीलाई मुख्यालयले मंगलबार तानेको हो । प्रहरी महानिरीक्षकको सचिवालयले उनीहरूमाथि छानबिन गरिरहेको छ । ‘गम्भीर उजुरी आएपछि मुख्यालय तानेर अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने, ‘उजुरीमा सत्यता भेटिएमा विभागीय कारबाही हुन्छ ।’

तस्करीमा सघाएको आरोपमा डिएसपीमाथि छानबिन
नेपाल–भारत सीमामा तस्करीमा सघाएकै आरोपमा जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेन्द्रबाबु रेग्मी पनि छानबिनमा तानिएका छन् । क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले उनलाई त्यहाँबाट हटाएर छानबिन थालेको हो । गम्भीर उजुरीका आधारमा अनुसन्धान थालिएको क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका डिआइजी गणेश केसीले बताए । सीमामा तस्करीमा संलग्न केही व्यक्तिलाई सहयोग गरेको खुलेपछि उनलाई त्यहाँबाट हटाइएको हो ।


घुसकाण्डमा ट्राफिकका इन्स्पेक्टर निलम्बित
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर विमलकुमार उपाध्यय घुस काण्डमा निलम्बनमा परेका छन् । तीन दिनअघि मुख्यालयले उनलाई निलम्बन गरी थप विभागीय कारबाही थालेको हो । घुस असुलेको प्रमाण भेटिएपछि उनी निलम्बनमा परेका हुन् ।

धनकुटा र इलामका एसपीलाई स्पष्टीकरण
पुलिसिङमा लापरबाही गरेको तथा आर्थिक लेनदेनसम्बन्धी उजुरी आएपछि क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले दुई एसपीलाई स्पष्टीकरण सोधेको छ । धनकुटाका सुदीपराज भण्डारी र इलामका एसपी सुशीलकुमार यादवलाई स्पष्टीकरण सोधिएको हो ।


सिपाहीसँग असुल्ने इन्स्पेक्टर जागिरबाट हटाइए
आफ्नै प्रहरी कर्मचारीसँग घुस लिएको आरोपमा इन्स्पेक्टर बन्धुराज खनाललाई गृह मन्त्रालयले सेवाबाट हटाएको छ । क्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा कार्यरत रहँदा उनले बढुवा गरिदिने भन्दै सिपाहीहरूसँग पैसा असुलेका थिए ।
nepal-police-cap

दुवै एसपीले तस्करीमा सघाएको र शान्तिसुरक्षामा ध्यान नदिएको उजुरी परेको छ । पैसा लिएको प्रमाणसहित केही व्यक्तिहरूले उजुरी गरेपछि उनीहरूलाई त्यहाँबाट हटाइएको हो । दुईजना एसपीलाई तत्कालै ती जिल्लामा पठाउने भनिए पनि बिहीबारसम्म कसैलाई पठाइएको छैन । गृह मन्त्रालयका अधिकारीले थप छलफल गरेर मात्र पठाउने बताएपछि दुवै जिल्ला एसपीविहीन बन्न पुगेका छन् । तानिएका एसपीद्वय फेरि आफैँ जान राजनीतिक लबिङमा लागिसकेका छन् । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको सिफारिसमा उनीहरू तराईको जिल्लामा इन्चार्ज भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्