विराटनगर, २३ असार— विरानगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम रहेको छ भने कांग्रेसको पछिपछि संघीय समाजवादी फोरम नेपाल रहेको छ ।
पछिल्लो घोषित मतपरिणामअनुसार मेयरमा कांग्रेसका भीम पराजुलीले १५२६० मत ल्याउँदा फोरमका उमेश यादवले १३७९३ मत ल्याएका छन् ।
यस्तै एमालेका विनोद ढकालले ११३६३ मत ल्याएका छन् ।