
समाजअनुसार आ–आफ्ना चलन फरक हुन्छन् । एक समाजलाई अर्को समाजको चलन नौलो र रोचक लाग्नु स्वाभाविक पनि हो ।
तर कतिपय चलन भने अनौठा खालका हुन्छन् । यस्तै एक चलन इन्डोनेसियामा प्रचलित छ ।
यहाँका टीडान्ग समुदायमा विवाहसम्बन्धी विचित्रको रिवाज छ । यहाँको चलनअनुसार बहुला र बेहुली विवाह गरेको तीन दिनसम्म ट्वाइलेट जान पाउँदैनन् ।
विवाह गरेको तीन दिन भित्र सौचालय प्रयोग गरे नवविवाहित जोडीलाई नराम्रो नजर लाग्ने त्यहाँका वासिन्दाको विश्वास छ ।
यस्तो चलन नमाने नवविवाहित जोडीको सम्बन्ध दिर्घायू नहुने तथा श्रीमान् श्रीमतीमध्ये एक जनाको मृत्यु हुने त्यहाँका मानिसहरुको विश्वास छ ।
त्यो सबै दुष्परिणामबाट बच्नका लाग उनीहरुले यो परम्परालाई मान्दै आइरहेका छन् । यो नियम निकै कडाईका साथ पालना गर्नका लागि ३ दिनसम्म कम खाना खानुपर्ने बाध्यता समेत छ ।
पछिल्लो पुस्तालाई यो नियम पालना गर्नु सजिलो छैन । तैपनि यो समुदायमा यो नियम कडाइका साथ लागु गरिएको छ ।