काठमाडौं, २३ असार– सिक्किमको सीमाका विषयमा भारत र चीनबीच विवाद बढेको छ । दुवै देशबीच बढेको तनावको प्रभाव आर्थिक सम्बन्धमा पनि पर्ने आशंका व्यक्त गरिएको छ ।

भारतको ठूलो बजारमा आखा लगाएर बसेको चीनले व्यापारलाई लिएर चिन्ता व्यक्त गरिरहेको छ । यसको झलक चीन सरकारद्वारा नियन्त्रित ग्लोबल टाइम्समा उल्लेख गरिएको छ ।
भारतमा काम गरिरहेका चिनियाँ कम्पनी सीमामा बढीरहेको तनावका कारण चिनियाँ बस्तुको बहिष्कार हुने भन्दै डराएका छन् ।
चिनियाँ मिडिया ग्लोबल टाइम्सल एक लेखमा भारतका मानिस आफ्नो देशको सम्प्रुभतालाई लिएर संवेदनशील रहेको र यस्तोमा चिनियाँ कम्पनी समस्यामा पर्ने जनाइएको छ ।
जब चीनका राष्ट्रपति शी चिनफिङ भारत आएका थिए, त्यस बीच एशियाका दुई महारथिका बीचमा सम्बन्धमा पनि तातोपना आएको थियो । आपसी विश्वासका लागि सन् २०१४ को तुलनामा चीनको विदेशी लगानी लगभग ६ गुणा भन्दा धेरै बढेको छ । वही भारतको तुलनामा चीनको भारतमा निर्यात धेरै छ ।
आकडाका अनुसार चीन र भारतको निर्यातमा ठूलो असामनाता छ । यहाँ चीन भारतमा लगभग ७ अबै डलरको निर्यात गर्छ । त्यही भारतको चीनमा निर्यात १६ मिलियन डलर रहेको छ ।
यदी विदेशी लागको कुरा गर्दा चीनले २०१४ मा एक विलियन डलको लगानी गरेको थियो । र २०१५ मा बढेर ६ मिलियन डलर भएको थियो । चीनको मैन्युफैक्चरिंग सेक्टरका लागि भारत एक आकर्षक गन्तव्य हो । जसलाई चीन गुमाउन चाहँदैन ।
विशेषज्ञहरुका अनुसार यदी भारत र चीन आपसमा लडे भने कूटनीतिक सम्बन्धका साथ आर्थिक सम्वन्धमा पनि तनाव आउने छ । जसको फाइदा पश्चिमी देशले पाउने भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ ।