२१ जेठ २०८३, बिहीबार

उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा एमाले विजयी

गाईघाट, उदयपुर, २३ असार -गएराति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उदयपुर जिल्लाको मतगणना घोषणा गर्न बाँकी रहेको त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ ।

जिल्लाको त्रियुगा नगरपालिकामा नेकपा एमालेका प्रमुखका उम्मेदवार बलदेव चौधरी ११ हजार ३६८ मत प्राप्त गरेर प्रमुख पदमा विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बसन्त बस्नेतले ११ हजार २९५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुखमा भने नेकाका उम्मेदवार देवी चौधरी ११ हजार ३२२ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का गीता रेग्मीले ११ हजार २७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीले बताउनुभएको छ ।

यस्तै, जिल्लाको बेलका नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छन् । बेलकाको प्रमुखमा एमालेका दुर्गाकुमार थापा पाँच हजार ८१८ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उपप्रमुखमा एमालेकै राजकुमारी चौधरीले ६ हजार १३१ मत प्राप्त गरेर विजय हुनुभएको निर्वाचन अधिकृत हरि पोखरेलले बताउनुभयो ।

प्रमुख पदमा थापाका प्रतिद्वन्द्वी नेकाका अशोक कार्की पाँच हजार २६६ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा पनि नेकाका दीपा राईले पाँच हजार २८६ मत प्राप्त गर्नुभएको छ । उदयपुर जिल्लाको आठ स्थानीय तहमा चार नगरपालिका र चार गाउँपालिकामध्ये अब नेकपा एमालेले जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिका गरेर ६ स्थानीय तहको प्रमुख पदमा विजय हासिल गरेको छ ।

यस्तै, नेकाले जिल्लाको चौदण्डी नगरपालिकामा मात्र विजय हासिल गरेको छ भने नेकपा (माओवादी केन्द्र)ले जिल्लाको सुनकोसी गाउँपालिकामा विजय हासिल गरेको छ । अब उदयपुरको आठवटा नै स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना कार्यसमेत सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्