२३ जेठ २०८३, शनिबार

तस्वीरमा हेर्नुस्, ज्ञानेन्द्रले यसरी मनाए जन्मदिन, पारस–हिमानी देखिएनन्

कात्तिक २०, २०७४
तस्वीरमा हेर्नुस्, ज्ञानेन्द्रले यसरी मनाए जन्मदिन, पारस–हिमानी देखिएनन्
काठमाडौं, २३ असार– पूर्व राजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिनेहरुको निर्मल निवासमा घुइँचो लागेको छ ।

आजबाट ७१ वर्षमा प्रवेशमा गरेका पूर्व राजालाई शुभकामना दिनका लागि उनका समर्थक, शुभेक्षुक निर्मल निवासमा विहानैदेखि भेला भएका थिए ।

विहान ११ बजको साइतबाट निर्मल निवासको चौरमा शुभकामना ग्रहण गर्न पूर्व राजा ज्ञानेन्द्र धर्मपत्नी कोमल शाह, नाती हृदयन्द्र, नातिनीहरुसहित उपस्थित भएका हुन् ।

निर्मल निवासको पटाङ्गिनीमा राखिएको मेचमा हसिलो मुद्रामा बसेका ज्ञानेन्द्रलाई शुभकामना दिनेहरु हातमा फूल, खादा लिएर लामबद्ध भएका छन् ।

उनको शुस्वास्थ्य र दीर्घायुको कामना गर्न भन्दै विभिन्न राजावादी समूह झाँकीसहित निर्मल निवास पुगेका छन् ।


तर आफ्ना वूवाको जन्मदिनको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व युवराज पारस शाह र उनकी पत्नी हिमानी शाह भने देखिएका छैनन् । ज्ञानेन्द्रलाई शुभकामना दिन आउने सर्वसाधारणले पारसको अनुपस्थितिबारे खासखुस गर्ने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्