२४ असार २०८३, बुधबार

पूर्वराजा नयाँ वर्ष मनाउन परिवारसहित झापा जाने

चैत ६, २०७८
पूर्वराजा नयाँ वर्ष मनाउन परिवारसहित झापा जाने

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन्। झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो। 

उनको सुरक्षा र कन्भेसहितको टोली सोमबार नै झापा जाने कार्यक्रम रहेको छ।
निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते शुक्रबार दिउँसो हवाईमार्गबाट झापा जाने कार्यक्रम तय भएको छ। झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको स्रोतको भनाइ छ। यद्यपि, अहिलेसम्म भने कुनै कार्यक्रम तय भइनसकेको स्रोतले बतायो। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्