२६ असार २०८३, शुक्रबार

विश्व सुन्दरी भन्छिन् : आफ्नो नाम सुन्दा आश्चर्यचकित भएँ

चैत ६, २०७८
विश्व सुन्दरी भन्छिन् : आफ्नो नाम सुन्दा आश्चर्यचकित भएँ

 ७०औँ विश्व सुन्दरी प्रतियोगिताको उपाधि  जितेकी  २२  वर्षीया  पोल्याण्ड  कि  क्यारोलिना बेइलावस्का  व्यवस्थापन  विषयमा  स्नातकोत्तर  अध्ययनरत छिन् ।

क्यारोलिनाको  उचाइ  १.७९  मिटर  छ  भने  उनी मोडलसमेत  हुन् ।  पौडी,  स्कुवा  ड्राइभिङ,  टेनिस  र ब्याडमिन्टन खेल्न रुचाउने    क्यारोलिनाको मोटिभेसनल स्पिकर बन्ने  लक्ष्य  छ ।

आफ्नो पढाइसँगै    क्यारोलिनाले घरबार     नभएका     र समस्यामा परेका मानिसलाई   मद्दत   गर्ने विभिन्न  परियोजनामा  पनि काम गर्दै आएकी छिन् । उनको यो परियोजनाको  नाम  जुपा  ना  पिट्रिनी  हो ।

 उनी  समाजमा फैलिएका  विकृतिविरुद्ध  लड्छिन्  र  मानिसलाई  यसबारे सचेत    गराउँछिन् ।

  उनको    परियोजनाको    उद्देश्य पोल्यान्डको  लोड्ज  सहरमा  खाँचोमा  परेका  मानिसलाई खाना,   लत्ताकपडा   र   आवश्यक   सेवाहरू   उपलब्ध गराउनु  हो । ’

 मिस  वल्र्ड  विजेताका  रूपमा  नाम  घोषणा गरिएपछि  क्यारोलिनले  भनेकी  थिइन्,  'म  मेरो  नाम  सुन्दा आश्चर्यचकित  भएँ ।  अहिले  पनि  विश्वास  गर्न  मुस्किल भइरहेको छ । म मिस वल्र्डको ताज जित्न सफल भएकोमा गर्व महसुस गर्छु र काममा फर्कन अधैर्य छु । यो क्षण मेरा लागि जीवनभर स्मरणीय रहिरहनेछ ।’ गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्