१७ असार २०८३, बुधबार

सरुवा भएको ठाउँ जान अटेर गरेका एसपी महर्जनकै पक्षमा छानबिन समितिको प्रतिवेदन

सरुवा भएको ठाउँ जान अटेर गरेका एसपी महर्जनकै पक्षमा छानबिन समितिको प्रतिवेदन

सरुवा भएको दुई महिनासम्म पनि अटेर गर्दै सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) अहिलेसम्म पनि कमाण्ड सम्हाल्न गएका छैनन् । 

नम्बर ९ पशुपतिनाथ बाहिनी बलम्बुमा कार्यरत समिककुमार महर्जन अहिलेसम्म पनि रमाना लिएर कार्यस्थल नगएका हुन् । 

माघ २५ गते सरुवा भएका उनी नगएपछि सशस्त्र प्रहरी बलले कामु सशस्त्र एसएसपी प्रविण कँडेलको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । 

तर, उक्त समितिले पनि उनकै पक्षमा प्रतिवेदन तयार गरेपछि सशस्त्र प्रहरीमा चेनअफ कमाण्डको धज्जी उठाएको चर्चा हुँदै आएको एक अधिकृतले लोकान्तरलाई बताए । 

समितिले घरायसी कारण र परीक्षा नजिकिएको भन्दै सरुवा भएको ठाउँमा नगएको प्रतिवेदन बुझाएको ती अधिकृतले बताए । 

प्रतिवेदनमा कुन परीक्षा कहिले हुने ? भन्ने जस्ता कुराहरू प्रतिवेदनमा नखुलाइएपछि सशस्त्र प्रहरीमा विभिन्न किसिमका आशंका उब्जिएको सशस्त्र अधिकारीहरू बताउँछन् । 

लोकान्तरले ‘सरुवा भएको एक महिनासम्म पनि कार्यस्थल पुगेनन् सशस्त्र एसपी महर्जन’ शीर्षकको समाचार प्रकाशन गरेपछि सशस्त्र प्रहरीले छानबिन समिति गठन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्