०७ असार २०८३, आइतबार

सरुवा भएको एक महिनासम्म पनि कार्यस्थल पुगेनन् सशस्त्र एसपी महर्जन

सरुवा भएको एक महिनासम्म पनि कार्यस्थल पुगेनन् सशस्त्र एसपी महर्जन

सशस्त्र प्रहरीका एक एसपीले सरुवा गरेको एक महिनासम्म पनि रमाना लिएका छैनन् । 

सशस्त्र प्रहरी मुख्यालयले माघ २५ गते सरुवा गरेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) समिककुमार महर्जन कार्यस्थल गएका छैनन् ।

मुख्यालयले उनलाई ३८ नम्बर रिजर्भ गण झापा सरुवा गरेको थियो । उपत्यकाको ९ नम्बर पशुपतिनाथ बाहिनीमा कार्यरत उनी मुख्यालयको निर्देशनलाई लत्याउँदै त्यहीँ बसेको सशस्त्र प्रहरी स्रोतले लोकान्तरलाई बतायो । 

सशस्त्र प्रहरी अधिकारीको भनाइलाई आधार मान्ने हो भने उनले तराईका जिल्लामा आफू जान पाउनु पर्ने भन्दै अडान राख्दै आएका छन् । 

सशस्त्र प्रहरी नियमावलीमा संगठनले खटाएको ठाउँमा नभएको खण्डमा कारवाही हुने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्