काठमाडौं, २३ असार –जापानबाट नेपाललगायत विश्वका विभिन्न मुलुकमा रेमिटेन्स कारोबार गर्दै आएको आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले शुक्रवारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख याचिरो किमोतो र एनआरएन जापानका उपाध्यक्ष टंक गैरे लगायतले उक्त नयाँ शाखा उद्घाटन गरेको हो ।
टोकियोपछि फुकुओका नेपाली विद्यार्थीहरुको बाहुल्य रहेको र यो सुविधाले उनिहरुलाई सहजता प्रदान गर्ने हाकातामा शाखाका प्रमुख राम कृष्ण श्रेष्ठले बताए ।
कम्पनीले हालसम्म १ सय ५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६ हजार एक सयभन्दा बढी सव–एजेन्ट सञ्चालनमा ल्याएको छ ।