
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका सबै बीमा ग्राहकहरूले अब ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सक्ने भएका छन् ।
यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको खल्तीले जनाएको छ ।
कम्पनीका अनुसार, यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम ’खल्ती’ बाट यस प्रकार तिर्न सकिन्छः
रु. ५००० प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गर्नुपर्छ जसले प्रयोगकर्ताहरूलाई भुक्तानी सेवाहरूको विस्तृत दायराको मजा लिन सक्षम बनाउँछ।
खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।