०९ साउन २०८३, शनिबार

एआईजी बढुवा सिफारिशविरुद्ध डीआईजीहरूले दिए उजुरी, के हुन्छ अब ?

चैत ६, २०७८
एआईजी बढुवा सिफारिशविरुद्ध डीआईजीहरूले दिए उजुरी, के हुन्छ अब ?

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिशविरुद्ध उजुरी परेको छ । 

गृहमन्त्रालयले चैत १ गते डीआईजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिश गरेको थियो ।

त्यसविरुद्ध डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्कीलगायतले लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको गुनासो सुनुवाइ समितिमा उजुरी दिएको एक डीआईजीले लोकान्तरलाई बताए । 

उनीहरूले आफूहरू भन्दा कनिष्ठलाई बढुवा सिफारिश गरिएको जिकिर उजुरीमा गरेका छन् ।

समितिमा लोक सेवा आयोगका अध्यक्षका अलावा नेपाल सरकारका मुख्य सचिव र कानून मन्त्रालयका सचिव सदस्य छन् ।

समितिले उजुरी प्राप्त भएपछि उजुरी गर्ने म्याद सकिएको भोलिपल्ट बढुवा समितिको राय, प्रतिक्रिया र उजुरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयलाई लेखी पठाउने व्यवस्था छ ।

बढुवा समितिको जवाफ आएपछि सिफारिश उपयुक्त नपाइएमा त्यसलाई उल्ट्याउनेसम्मको अधिकार समितिलाई रहेको प्रहरीका एक अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्