२१ जेठ २०८३, बिहीबार

झापा एमालेको विजयी र्‍यालीमा हिँडेको गाडी दुर्घटना, २३ घाइते

कात्तिक २०, २०७४
झापा एमालेको विजयी र्‍यालीमा हिँडेको गाडी दुर्घटना, २३ घाइते

काल्पनिक तस्वीर
झापा, २३ असार - झापाको भद्रपुर नगरपालिकामा नेकपा एमालेले निकालेको विजयी र्‍यालीमा प्रयोग गरिएको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

भद्रपुरबाट पृथ्वीनगर जाँदै गरेको मे १ ज १२२४ नम्बरको जीपदुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्