२३ असार २०८३, मंगलबार

पौडी खेल्ने क्रममा नारायणी नदीमा एक बेपत्ता

पौडी खेल्ने क्रममा नारायणी नदीमा एक बेपत्ता

नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङ नीलकण्ठ नगरपालिका-९ का १६ वर्षीय नवराज श्रेष्ठ आज बिहान बेपत्ता भएका हुन् ।

उनी देवचुलीस्थित आफन्तको घरमा आएका थिए । 

पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अहिलेसम्म पनि अज्ञात रहेको र खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । 

पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य तीव्र पारिएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्