०२ साउन २०८३, शनिबार

माओवादी केन्द्र कर्णाली प्रदेश सभाका प्रमुख सचेतक ठम्मर विष्ट निलम्बित

माओवादी केन्द्र कर्णाली प्रदेश सभाका प्रमुख सचेतक ठम्मर विष्ट निलम्बित

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ । 

प्रदेश सभा सदस्य पदबाट राजीनामा बुझाएपछि प्रदेश सभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उनलाई  राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो ।  

निरन्तर पार्टीको विधानविपरीत अभिव्यक्ति दिनुका साथै निर्देशनको अवज्ञा गरेको भन्दै दलका नेता शाहीले आइतवार एक प्रेस वक्तव्य जारी गरी प्रमुख सचेतक विष्टलाई पार्टीको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । 

इमेलबाट प्रमुख सचेतक विष्टले फागुन २७ गते प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए । 

नेपालको संविधानको धारा, १८० (क) बमोजिम प्रदेश सभा सभामुखसमक्ष राजीनामा दिएका उनले चैत ४ गते सदस्य पद छाडेको सनाखत गरेपछि सभामुख राजबहादुर शाहीले उनको राजीनामा स्वीकृत गरेका थिए । विष्टको राजीनामा स्वीकृत र माओवादी केन्द्रको निलम्बनको सूचनासँगै उक्त पद रिक्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विष्ट एमाले प्रवेश गर्ने तयारीमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्