१२ साउन २०८३, मंगलबार

‘एमालेले टाँसिदिएको जुँगा लगाएर चुनावमा एमालेको बाकस खाली गर्छौं भन्ने ? कतिसारो लाज नभएको !’

‘एमालेले टाँसिदिएको जुँगा लगाएर चुनावमा एमालेको बाकस खाली गर्छौं भन्ने ? कतिसारो लाज नभएको !’

एमालेबाटै चुनाव जितेका नेताहरूले आगामी चुनावमा एमालेको बाकस खाली गर्ने भनेर दिएका अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन् । 

माधव नेपाल र झलनाथ खनालको नामै नलिई ओलीले यस्ता स्वार्थी तत्त्वलाई चुनावमा जनताले देखाइदिने ओलीले टिप्पणी गरे । 

झलनाथको निर्वाचन क्षेत्र इलामको फिक्कलमा आइतवार आयोजित सभामा ओलीले एमाले कार्यकर्ताले दिएको भोटको भत्ता खाइरहेकाहरूले एमालेको बाकस खाली गर्ने भनेकोमा आक्रोश व्यक्त गरेका हुन् । 

‘कम्युनिस्टको बर्को ओढेका अन्तरे जन्तरेहरूले राजीनामा गर्नुपर्दैन ? एमालेले लगाइदिएको सांसदको फुली बोकेर,  विचार गर्नुस् त कतिसारो लाज नभएको होला ?,’ ओलीले भने, ‘एमालेले टाँसिदिएका जुँगा खौरिनु पर्दैन ? एमालेले टाँस्दििएको जुगाँमा ताहु लगाउँदै एमालेको बाकस खाली गर्छु भन्ने ? यस्ता गुन बिर्सने स्वार्थी तत्त्वलाई तपाईंहरूले जवाफ दिनुपर्छ ।’

२०५४ सालमा एमालेले दुई तिहाइ ल्याउने सम्भावना रहेको बेला पार्टी फुटाइएको र अहिले पनि बहुमत ल्याउनबाट रोक्ने कोसिस भएको बताए । 

‘ओइलिएको पात झर्न सक्छन्, तर पार्टी बलियो बनेको छ,’ ओलीले भने, ‘पाँच दललाई एउटै कुचोले बढार्नेछ ।’
 

salt training

कमेन्ट गर्नुहोस्