०५ साउन २०८३, मंगलबार

सीआईबीको अनुसन्धान घेरामा रहेकी प्रियंकालाई जिम्मा जमानीमा छाडियो

सीआईबीको अनुसन्धान घेरामा रहेकी प्रियंकालाई जिम्मा जमानीमा छाडियो

‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको भन्दै अनुसन्धानका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिम्मा जमानीमा छाडेको छ । 

अनुसन्धानकै दायरामा रहेकाले बोलाएको समयमा उपस्थित हुने गरी छाडिएको सीआईबीका निर्देशक डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । 

प्रियंकाले सामाजिक सञ्जालमा ‘क्रिप्टोकरेन्सी’मा आफूले पनि लगानी गरेको भन्दै अरूलाई पनि लगानी गर्न आह्वान गरेको पाइएपछि सीआईबीले आइतवार उनलाई ब्युरोमा बोलाएर सोधपुछ गरेको थियो । 

क्रिप्टोकरेन्सीको कारोबारलाई नेपाल राष्ट्र बैंकले गैरकानूनी भनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्