२६ असार २०८३, शुक्रबार

मेयर धमेन्द्र पटेल र उनका सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा

मेयर धमेन्द्र पटेल र उनका सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धमेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पटेलविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

उपभोक्ता समितिबाट भवन निर्माणपछि अन्तिम भुक्तानी दिने क्रममा उनीहरूले सेवाग्राहीसँग ५ लाख घुस रकम लिएको आरोप अख्तियारले लगाएको छ । 

फागुन १५ गते सेवाग्राहीसँग मेयर पटेल र उनका सहयोगी अशोकप्रसादले २ लाख ५० हजार रूपैयाँ नगद र २ लाख ५० हजार रूपैयाँको चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 

अख्तियारले अनुसन्धानका क्रममा घुसबापतको रकम लिएको पुष्टि भएपछि अदालतमा आरोपपत्र दायर गरेको बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्