२७ असार २०८३, शनिबार

मनमोहन अस्पतालको मिर्गौला काण्ड संसद्मा, न्यायीक छानविनको माग

कात्तिक २०, २०७४
मनमोहन अस्पतालको मिर्गौला काण्ड संसद्मा, न्यायीक छानविनको माग

काठमाडौं २३ असार– मनमोहन अस्पतालमा पत्थरीको अप्रेसन गर्दा मिर्गौला निकालिएको घटना गम्भीर बिषय भन्दै न्यायीक छानविन गर्न सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका संसद्को शुक्रवारको बैठकको विशेष समयमा कांग्रेस र माओवादी केन्द्रका सांसद्हरुले मनमोहन अस्पताल घटनाको सम्बन्धमा न्यायीक छानविन समिति गठन गर्न माग गरेका हुन् ।

माओवादी केन्द्रका रामनारायण बिडारीले डाक्टर र अस्पताल मिलेर मिर्गौला चोरी गरिएको भन्ने समाचारले देश स्तव्ध भएको बताए । ‘अस्पतालको वक्तव्य आएपछि त झन भयंकर बेइमानी गरेको शंका उत्पन्न भएको छ’ बिडारीले भने, ‘यसमा को को संलग्न छन् । तत्काल न्यायीक आयोग बनाउनु पर्छ । अन्यथा मानव अंग तस्करको साम्राज्य चल्ने खतरा छ ।’

नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले अस्पतालबाट बिरामीको मिर्गौला चोरिनु गम्भीर बिषय भएको बताए । ‘जनता अस्पतालमा जादा मृत्यु वरणकोस्थिती सृजना भयो भने कहाँ जाने ? यो अवस्था सृजना भयो भेन मुलुक कता जान्छ ?’ खतिवडाले भने, ‘सम्मानित नेताको नाममा खोलिएका हस्पिटललाई व्यापारिक केन्द्र बनेर कोही मान्छे धनी हुने काम नहोस ।’

माओवादी केन्द्रकी राममायाँ बोगटीले उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरिन् । यसअघि मनमोहन अस्पतालमा पत्थरीको उपचार गर्न गएका एक बिरामीको मिर्गौला नै झिकिएको समाचार प्रकाशमा आएको थियो ।

सो बिषयलाई लिएर बिहीवार अस्पताले विज्ञप्ति जारी गर्दै विरामीको अप्रेशनमा समस्या भएका कारण मिर्गौला झिकिएको र त्यो अस्पतालसँग सुरक्षित रहेको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्