०७ असार २०८३, आइतबार

फेरी लगाउन जोगीलाई भ्याइनभ्याइ

चैत ७, २०७८
फेरी लगाउन जोगीलाई भ्याइनभ्याइ
फाइल फोटो

ओखलढुङ्गा जिल्लाको सुनकोसी  गाउँपालिका  निवासी २३   वर्षीय   शिव   जोगीलाई यतिखेर    सिन्धुली    जिल्लाका विभिन्न   गाउँमा   आफूले   गर्दै आएको  परम्परागत  पेसा  फेरी लगाउन भ्याइनभ्याइ छ ।

वर्षको  दुई  पटक  कात्तिक र चैत महिनामा लगाइने फेरीबाट राम्रै आम्दानी भई दैनिकी राम्रोसँग चल्ने भएकाले आफू उक्त पेसामा सक्रिय   भएको   उनको   भनाइ छ ।

कमलामाई  नगरपालिका–४, मल्लागाउँमा फेरी लगाएको सिदा उठाउँदै  हिँड्ने  क्रममा  भेटिएका शिवले  भने,  “दुई  महिना खट्दा  वर्षभरिको  गुजारा  चल्छ भने किन नगर्ने ?”आफूले  सिन्धुली  जिल्लाका कमलामाई नगरपालिकासहित भद्रकाली,     रानीचुरीलगायतका दुई  दर्जनभन्दा  बढी  गाउँमा  फेरी लगाउँदै आएको उनले जानकारी दिए।  

'आकाशै     बाँधु, पातालै  बाँधु,  चारैसुर  बाँधु’  भन्दै राति  भूतप्रेत  भगाउनका  लागि घर–घरमा  फेरी  लगाउने  चलन रहेको  फेरी  लगाउने  जोगीहरू बताउँछन् ।

अहिले   त   जेको   पायो, त्यसैको  सिङ  बोकेर  बजाउँदै हिँड्न थाले तर आफूले बजाएको बराँठकै  सिङ  भएको  दाबी  गर्दै रामेछाप    जिल्लाबाट    आएका जोगी  हर्कबहादुर  गिरी  भन्छन्, “बराँठको  सिङ  अब  कहाँ  पाउनु ? मेरो बाबुबाजेले पनि यही पेसा गरेकाले  छुट्टिँदा  अंशमा  आएको हो यो बराँठको सिङ । ” गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्