११ साउन २०८३, सोमबार

ग्लोबल आइएमई बैंकले अनलाइनबाटै ऋण दिने

ग्लोबल आइएमई बैंकले अनलाइनबाटै ऋण दिने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने भएका छन् ।

बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरूलाई लक्षित गरी उनीहरूको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा शुरू गरेको जानकारी दिएको छ । 

कर्जा लिन बैंकका मुद्दती निक्षेपकर्ताहरूले ग्लोबल आइएमई बैंकको मोबाइल ग्लोबल स्मार्ट प्लस  वा वेभसाइटमार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् ।

सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने र कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैंकले उल्लेख गरेको छ ।

योजनाअन्तर्गत बैंकबाट ग्राहकले आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् । डिजिटल प्रणालीमार्फत आफ्ना ग्राहकहरूलाई लाभान्वित गराउन सदैव तत्पर रहिआएको बैंकको दाबी छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर हालसम्म २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर एवम् मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्