१० असार २०८३, बुधबार

कांग्रेसकै नेतृत्वमा देशले विकासमा फड्को मार्‍यो- रामचन्द्र पौडेल

कांग्रेसकै नेतृत्वमा देशले विकासमा फड्को मार्‍यो- रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताएका छन् । 

कांग्रेस व्यास नगर समिति-३ ले सोमवार पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसकै नेतृत्वमा विकासमा फड्को मारेको उल्लेख गरे । 

उनले तनहुँको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए । जिल्लालाई विकासमा नमूना बनाउन प्रयत्नरत रहेको नेता पौडेलको भनाइ छ । 

'खानेपानी, शिक्षा, सडक, स्वास्थ्य, पूर्वाधार निर्माणका जति पनि काम भएका छन्, त्यो कांग्रेसकै नेतृत्वमा भएको हो, अझै गर्नुपर्ने धेरै काम छन्, बाँकी काम पनि पूरा गर्छौं,' उनले भने, 'व्यासमा थुप्रै पूर्वाधार बनेको छ, कांग्रेसले जितेका कारण यो सम्भव भएको हो ।'

salt training

कमेन्ट गर्नुहोस्