
एक किलो २६८ ग्राम सुनसहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आइतवार नेपाल एयरलाइन्समार्फत दुबईबाट नेपाल आएका भारतीय नागरिक ३८ वर्षीय सुभम मेहेरालाई आगमन टनेलबाट पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
उनले मलद्वारबाट हरियो रङको टेपले बेरेर २ वटा अर्धठोस बनाएर सुन ल्याएका थिए ।
उनलाई अनुसन्धानको लागि भन्सार कार्यालय गौचरण पठाएको प्रहरीले जनाएको छ ।