
नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष श्री गिरिजा प्रसाद कोइराला को १२ औ स्मृति दिवसको सन्दर्भमा गिरिजा प्रसाद कोइराला र नेपालको पररास्ट्र सम्बन्ध' बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। सो कार्यक्रम गिरिजा प्रसाद कोइराला फाउण्डेशनको र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति बिभाग त्रिभुवन विश्वविद्यालयको संयुक्त आयोजनामा त्रि बि किर्तिपुरमा भएको हो।
पूर्व उप प्रधानमन्त्री एवम परराष्ट्र मन्त्री सुजाता कोइराला को प्रमुख आतिथ्यता तथा मानविकी तथा सामाजिक संकायका डिन प्रा डा कुशुम शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व राजदुत एबम प्रधानमन्त्रीमा पूर्व परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराई र पूर्व प्रधानमन्त्री का सल्लाहकार डा राम थपलियाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।
गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशनका अध्यक्ष समेत रहेकी कोइरालाले गिरिजा बाबुले हाम्रा दुवै छिमेकी राष्ट्र, महाशक्ति राष्ट्र अमेरिका तथा हाम्रा बिकासका साझेदार राष्ट्रहरु सबै संग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गरि अगाडी बढेको हुनाले देशमा आइपरेका ठुला ठुला संकटहरु पनि उहाको नेतृत्वमा निर्मुल भएको बताउनु भयो। उहामा सबै मित्र राष्ट्रलाइ बिश्वासमा लिएर काम गर्न सक्ने क्षमता रहेको स्मरण गर्दै सन्तुलित विदेश नीति नै नेपालको दिर्घकालिन हितमा रहेको बताउनु भयो।
सो कार्यक्रममा बरिष्ठ पररास्ट्रविद डा दिनेश भट्टराई र डा राम थपलियाले गिरिजा प्रसाद कोइरालाको बहुआयमिक व्यक्तित्वको ब्याख्या गर्दै उहाले अवलम्बन गरेको विदेश नीति बारे बिस्तृत कार्यप्रत्र प्रस्तुत गर्नु भएको थियो। मानविकी संकायका डिन प्रा डा कुशुम शाक्यले गिरिजा बाबु एक अन्तरास्ट्रियस्तरको राजनेता भएको बताउदै फ़ाउण्डेशनले उहाका योगदानहरुलाइ सम्बर्धन गर्न शैक्षिक संस्थाहरु संग सहकार्य गरि अनुसन्धानमुलक क्रियाकलाप अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो। अन्तरास्ट्रिय सम्बन्ध तथा कूटनीति बिभाग, त्रिभुवन बिश्वबिध्यालयका प्रमुक प्रेम खनालले नेपालको पररास्ट्र मामिलामा बिभागले नियमित कार्यक्रम हरु गरिरहेको बताउदै गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशन संग पनि विदेश नीति सम्बन्धि अध्ययन तथा अनुसन्धानमुलक काम हरुमा सहकार्य गरेर जाने बताउनु भयो।

समझदारी पत्रमा हस्ताक्षर
गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशन र अन्तरास्ट्रिय सम्बन्ध तथा कूटनीति बिभाग बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। फ़ाउण्डेशनले स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थीलाइ गिरिजा प्रसाद कोइराला तथा नेपालको पररास्ट्र नीति, लोकतन्त्र, शान्ति तथा आर्थिक बिकास संग जोडिएको बिषयमा शोधपत्र तयार गर्न रु ८०,००० बराबरको गिरिजा प्रसाद कोइराला रिसर्च फेलोशिप प्रदान गर्नेछ। साथै अन्य शैक्षिक कार्यक्रम हरुमा पनि सहकार्य हुने छ। सो सम्बन्धि समझदारी पत्रमा अन्तरास्ट्रिय सम्बन्ध तथा कूटनीति बिभागका प्रमुख प्रेम खनाल र फ़ाउण्डेशनका तर्फ बाट रिसर्च डाइरेक्टर डा तारा प्रसाद बन्जाडेले हस्ताक्षर गर्नु भयो।