२३ असार २०८३, मंगलबार

युक्रेनको रिभ्ने क्षेत्रमा रहेको सैन्य अड्डामा रुसको आक्रमण

चैत ७, २०७८
युक्रेनको रिभ्ने क्षेत्रमा रहेको सैन्य अड्डामा रुसको आक्रमण

रुसको रक्षा मन्त्रालयले युक्रेनको रिभ्ने क्षेत्रमा रहेको एक सैन्य अड्डालाई क्रुज क्षेप्यास्त्र हानेर ध्वस्त पारेको घटनाको पुष्टि गरेको छ । 

रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेनकोभले बताए, ‘सटीक प्रहार गर्ने आकाशबाट प्रक्षेपण गरिएका क्रुज क्षेप्यास्त्रहरूले विदेशी भाडाका सैनिक तथा युक्रेनी राष्ट्रवादीहरूको फर्मेसन रहेको तालिम केन्द्रमा आक्रमण गरेका छन् ।’

सुमीखिमप्रोम रासायनिक भट्टीमा एम्मोनिया लीक भएको विषयमा प्रतिक्रिया दिँदै रुसको रक्षा मन्त्रालयले युक्रेनका रासायनिक उद्योगमा आक्रमण गर्ने कुनै योजना नरहेको र प्रहार पनि नगरेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्