
शेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमवार करीब १८ अंकले बढेको छ । १७.९९ अंकले बजार बढ्दा २६३४.५७ बिन्दुमा पुगेको छ ।
बजार बढेको भए पनि कारोबार रकम भने जम्मा दुई अर्ब ५९ करोड रूपैयाँको मात्रै छ । नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीको ५१ लाख ८९ हजार कित्ता शेयरको ३७ हजार ९३९ पटक कारोबार भएको छ ।
बजार बढेसँगै सबैभन्दा बढी कमाउनेमा इमर्जिङ नेपाल रहेको छ । यसका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाएका छन् ।
कमाउने कम्पनीहरूको सूचीमा न्यादी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल, कर्णाली विकास बैैंक, युनियन हाइड्रोपावरसहितका लगानीकर्ता छन् । यी कम्पनीका लगानीकर्ताले ५.५७ प्रतिशतदेखि ७.६७ प्रतिशतसम्मले कमाएका छन् ।
बजार बढेको दिन गुमाउने कम्पनीमा भने नेपाल टेलिकम सबैभन्दा अगाडि रहेको छ । यो कम्पनीका लगानीकर्ताले २.९७ प्रतिशतले गुमाएका छन् । आज गुमाउनेमा म्युचुल फण्डका लगानीकर्ता पनि छन् । म्युचुल फण्डका लगानीकर्ताले १.८१ प्रतिशतदेखि २ प्रतिशतसम्मले गुमाएका छन् ।
सबैभन्दा बढी रूपैयाँको कारोबार हुनेमा टेलिकम नै अगाडि रहेको छ । यसको २० करोड रूपैयाँको कारोबार भएको छ ।
सबैभन्दा बढी कित्ता शेयर किनबेच हुनेमा भने अपि पावरको १ लाख ८१ हजार कित्ता रहेको छ ।