२४ असार २०८३, बुधबार

आयात ३ खर्ब ६४ अर्बले बढ्दा निर्यात डेढ खर्ब नजिक, तेल किन्नमै बाहिरियो २ खर्ब

आयात ३ खर्ब ६४ अर्बले बढ्दा निर्यात डेढ खर्ब नजिक, तेल किन्नमै बाहिरियो २ खर्ब

चालू आर्थिक वर्षको पहिलो ८ महिना (साउन–फागुन)सम्मको आयात १३ अर्ब रूपैयाँ नाघेको छ । यस्तो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ खर्ब ६४ अर्ब रूपैयाँले बढी हो । 

गत वर्षको यो अवधिसम्ममा ९ खर्ब ४३ अर्ब रूपैयाँको मात्रै वस्तु तथा सेवा आयात भएको थियो । यो वर्ष भने यस्तो आयात १३ खर्ब ८ अर्ब रूपैयाँ पुगेको छ । यस्तो आयात गत वर्षको सोही अवधिको तुलनामा ३८.६४ प्रतिशतले बढी हो । 

यो अवधिमा निर्यात पनि ८२.९० प्रतिशतले बढेको छ । निर्यातमा उल्लेख्य सुधार भएको भए पनि आयातको तुलनामा निर्यातको अंश कम देखिएको छ । चालू आवमा आयातको ८९.८६ प्रतिशत हुँदा निर्यात भने जम्मा १०.१४ प्रतिशत मात्रै छ ।

यो अवधिसम्ममा निर्यात कम भएको हुँदा व्यापार घाटा ३४.५० प्रतिशत रहेको छ । यो अवधिमा नेपालको व्यापार घाटा ११ खर्ब ६० अर्ब छ । नेपालको वैदेशिक व्यापार साढे १४ खर्बको हुँदा निर्यात जम्मा डेढ खर्बको भएकोले पनि व्यापार घाटा बढी देखिएको हो ।

यो अवधिसम्ममा नेपालमा सबैभन्दा बढी आयात भएको वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ । नेपालमा यो वर्षको ८ महिनामा मात्रै दुई खर्ब १७ अर्ब रूपैयाँको पेट्रोलियम पदार्थ किन्नमा खर्च भएको छ । 

नेपालले आयातमा बढी खर्च गरेको वस्तुहरूमा १ खर्ब १२ अर्बको आइरन एण्ड स्टिलमा, १ खर्ब रूपैयाँ मेकानिकल वस्तुहरूमा, ९५ अर्ब रूपैयाँ तयारी मासु तथा पशुजन्य उत्पादनमा खर्च भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्