०३ असार २०८३, बुधबार

जोसेफ शाही र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘रुप्स्या काली’ सार्वजनिक (भिडियोसहित)

जोसेफ शाही र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘रुप्स्या काली’ सार्वजनिक (भिडियोसहित)

गायक जोसेफ शाही ठकुरीको युगल गीत ‘रुप्स्या काली’ सार्वजनिक भएको छ ।

सोमवार गायक शाहीको आफ्नै युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

लोक फ्युजन शैलीको गीतमा जासेफ र चर्चित गायिका अस्मिता अधिकारीको युगल गायन रहेको छ ।

सुदुर र मध्यपश्चिमका जिल्लामा प्रयोग हुने ठेट भाषा गीतका शब्दमा प्रयोग गरिएको छ । आफैले सिर्जना गरेका शब्दमा गायक जोसेफले नै संगीत भरेका हुन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन रहेको छ ।

गीतको भिडियोमा अहिलेका चर्चित मोडलहरू सरोज राना प्रजा, बिना राउत, चक्र बम र करिस्मा ढकालको नृत्यसहितको अभिनय हेर्न सकिन्छ ।

बसन्त कुँवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन र श्याम कुँवरको रङ्ग सम्पादन रहेको गीतको भिडियो मकवानपुर जिल्लाको गोपाली गाउँ र आसपासका क्षेत्रमा छायाँकन गरिएको हो ।

शहरबाट गाउँ छिरेका दुई युवाले बाटोमा भेटिएकी युवतीलाई जिस्काउँदै एकोहोरो पछ्याएको कथावस्तु रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् । 

यसअघि जोसेफले गाएको देउडा शैलीको गीत ‘पियारी’ निक्कै रुचाइएको थियो । लोक शैलिको रोमान्टिक गीत ‘रुप्स्या काली’लाई पनि आम स्रोता/दर्शकले मनपराउने अपेक्षा लिएको गायक शाहीले बताएका छन् । 

हेर्नुहोस् म्यूजिक भिडियो-
 

salt training

कमेन्ट गर्नुहोस्