२५ जेठ २०८३, सोमबार

प्रदेश नम्बर सातमा कांग्रेस किन कमजोर ?

कात्तिक २०, २०७४
प्रदेश नम्बर सातमा कांग्रेस किन कमजोर ?
२४ असार- कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्लावाट पराजय सुरु गरेको कांग्रेसले दुई दशकपछि भएको स्थानीय तह निर्वाचनमा आफ्ना धेरै आधार क्षेत्र गुमाउन पुगेको छ । ८८ स्थानीय तह रहेको प्रदेश नं ७ को मत परिणाम आउन बाँकी धनगढी उपमहानगर र कंचनपुरको पुर्नवास नगरपालिका वाहेक कांग्रेस दोस्रो स्थानमा झरेको छ । यो प्रदेशमा एमाले पहिलो शक्तिका रुपमा उदाएको छ, कान्तिपुरमा खबर छ ।Congress-Ballot

‘मतदाताको चाहना अनुरुप कांग्रेसले आफुलाइ परिवर्तन गर्न नसकेको संकेत हो’ सुदूरपश्चिम बिश्वविद्यलायका पूर्व कुलसचिव प्राध्यापक डा. हेमराज पन्तले भने, ‘न चुनावी रणनीति भयो नत जन चाहनाअनुसार आफूलाइ परिवर्तन नै गर्न सक्यो, जसको परिणाम हो कांग्रेसले आफ्ना परम्परागत आधार क्षेत्र गुमाएको छ उनले भने, ‘ठूलो संख्यामा थपिएका युवा मतदाताको चाहनाअनुरुप कांग्रेस अगाडी वढ्न नसकेको पनि भन्न सकिन्छ ।’ टिकट बितरणमा देखिएको अन्योल र ढिलाइले पनि कांग्रेसलाइ कमजोर वनाएको विश्लेषकहरुको भनाइ रहेको छ ।

बैसाख ३१ को पहिलो चरणलाइ लक्ष्यित गरि एमालेले चुनावी प्रचार प्रसार सुरु गरेको २ महिनापछि कांग्रेस चुनावी मैदानमा उत्रनु पनि हारको अर्को महत्वपूर्ण पक्ष देखा परेकोछ । एमालेले सुदुरपश्चिमका अधिकांस स्थानिय तहका उम्मेदवारहरुको छनौट बैसाख पहिलो साता नै गरिसकेको थियो, कांग्रेस भने असार पहिलो साता नामांकन दर्ता गराउने दिनसम्म उम्मेदवार टुंगो लगाउन नसकिरहेको अवस्था पनि देखियो ।

सुदूरपश्चिममा देउवापछि कांग्रेसको नेतृत्व हत्याउने होडवाजीमा लागेका कांग्रेस नेता एनपी साउद र रमेश लेखकले टिकट बितरणमा गरेको प्रत्यक्ष हस्तक्षेपले पनि कांग्रेस कमजोर वनाएको कांग्रेस कार्यकर्ताको गुनासो रहेको छ । कञ्चनपुरमा त दुवै नेता आ–आफ्ना गुटका उम्मेदवारकै चुनावी प्रचारमा देखा परे । सामुहिक रुपमा कांग्रेस उम्मेदवारहरुले उनीहरुको साथ सहयोग पाउन सकेनन् ।

salt training

कमेन्ट गर्नुहोस्