सुर्खेत, २४ असार - छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ।

जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो। स्थानीय लैनचौर निवासी तुल्सी शाहीलाई बिहीबार राति छाउगोठमा सुतेको समयमा सर्पले टोकेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।