१३ असार २०८३, शनिबार

सरकार विस्तारमा के पाउँछन् साना दलले ?

कात्तिक २०, २०७४
सरकार विस्तारमा के पाउँछन् साना दलले ?
काठमाडौँ, २४ असार- प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा मतदान गरेका माओवादी केन्द्रबाहेकका दलहरू सरकारमा जान तम्तयार छन् । राप्रपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, अखण्ड पार्टी र समाजवादी जनता पार्टी सरकारमा जान इच्छुक भए पनि प्रमुख सत्तारुढ कांग्रेससँग छलफल गर्न पाएका छैनन् । मुख्य सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा नटुंगिएकाले साना दलसँग छलफल गर्न नसकिएको कांग्रेस नेताहरूले बताएका छन्, नयाँ पत्रिकामा खबर छ ।deuba-sarkar

सरकार गठनका वेला कांग्रेसले नेकपा संयुक्तलाई सरकारमा सहभागी गराउने वचन दिएको थियो । त्यसपछि भने कुनै छलफल नभएको पार्टी अध्यक्ष गणेश शाहले बताए । वातावरण मन्त्रालय दिने सहमति भएको उनले बताए । ‘भद्र सहमति पालना गरे सरकारमा भाग पाउनुपर्ने हो,’ साहले भने संसद्मा संयुक्तको तीन सिट छ ।

देउवाको उम्मेदवारीमा समर्थक रहेका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले मन्त्रालय पाउने सहमति नभएको बताएका छन् । ‘मन्त्रालय पाउने सहमति भएर समर्थन गरेको होइन, मन्त्री बनाउने–नबनाउने भन्ने निर्णय प्रधानमन्त्रीले दिने हो,’ उनले भने, समाजवादी पार्टीको एक सिट छ ।

देउवाको समर्थक बनेका अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्काले सरकारमा सहभागिताबारे छलफल नभएको बताए ।

सम्मानजनक स्थान पाए सरकारमा जाने राप्रपाले जनाएको छ । उसले सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्न जयन्त चन्दको संयोजकत्वमा वार्ता टोलीसमेत बनाएको छ । टोलीले कांग्रेस र माओवादी केन्द्रको कार्यदलसँग दुईपटक छलफल गरिसकेको छ । सरकारमा जाने पक्षमा पार्टी सकारात्मक रहेको बताउँदै चन्दले एक–दुई दिनमा वार्ता गरी ठोस निष्कर्ष निकाल्ने बताए ।
यता लोकतान्त्रिक फोरमले तीन मन्त्रालय पाउने भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा पार्टीले पाएका मन्त्रालय लिएर सरकारमा जाने सहमति कांग्रेससँग भएको महामन्त्री रामजनम चौधरीले बताए ।
प्रधानमन्त्री निर्वाचनमा सहयोग गरेका दलहरूलाई मन्त्रिपरिषद् विस्तारमा उपयुक्त स्थान दिइने कांग्रेसले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्